BKM Trust

Support BKMtrust
Donate

Notice Board


Notice
Lorem ipsum dolor sit amet, consetetur sadipscing elitr, sed diam nonumy eirmod tempor invidunt ut labore et dolore magna aliquyam erat, sed diam voluptua. At vero eos et accusam et justo duo dolores...


View Details

समवेदना


स्व. पदम कुमारी भन्डारी ज्यू

स्व. पदम कुमारी भन्डारी ज्यू

.


स्व देव कुमारी थापा ज्यू

स्व देव कुमारी थापा ज्यू

.


स्व कुल बहादुर रायमाझी ज्यू

स्व कुल बहादुर रायमाझी ज्यू

BS 1988 - BS 2074

.


स्व तिल बहादुर खत्री ज्यू

स्व तिल बहादुर खत्री ज्यू

30/12/1936 - 03/09/2017

.


श्री स्व.

श्री स्व.

क्षेत्री समाज बेलायतका आजीवन सदस्य तथा केन्द्रिय सदस्य श्री इन्द्र बहादुर क्षेत्रीकी  ममतामयी माता  तथा रीता क्षेत्रीकी सासु आमाको  ८६ वर्षको उमेरमा  मिति २०७३/१०/१५  आफ्नै निवास पोखरा उपमहानगरपालिका – १५, नयाँगाउँमा भएको देहावसानले हामीलाई मर्माहत गराएकोछ । यस दु:खद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार एवं आफन्तजनमा परेको मातृवियोग सहन गर्ने धैर्यता प्राप्त हवस् भन्ने  प्रार्थनासहित हार्दिक समवेदना प्रकट गर्दछौं ।

अध्यक्ष तथा क्षेत्री समाज बेलायत 

 


स्व. श्री रामेस्वर थापा ज्यू

स्व. श्री रामेस्वर थापा ज्यू

BS Paush 2072 - BS 15 Mansir 2073

क्षेत्री समाज बेलायतका आजीवन  सदस्य तथा रेडिङ निवासी श्री रामेस्वर थापा ज्यूको बुवा तथा श्रीमती तुलसा थापा ज्यूको ससुरा को १०१ वर्षको उमेरमा स्वर्गबास भएको आज तेर्हौ पून्य  तिथिमा उहाँको  आत्मा  बैकुण्ठमा बास होस शोकाकुल परिवारजनमा  धैर्यधारण गर्ने शक्ति मिलोस भनी भगवान श्री पशुपति नाथ सँग प्रथना गर्दछौ ।

अध्यक्ष क्षेत्रि समाज बेलायत तथा सम्पूर्ण सदस्यहरु


स्व. बुद्धी कुमारी कुँवर ज्यू

स्व. बुद्धी कुमारी कुँवर ज्यू

BS 08 Bhadra 2000 - 07 Kartik 2073

क्षेत्री समाज बेलायतलाई सहयोग पुर्याउंदै आउनुहुने हाम्रा मित्र श्री महेन्द्र कुँवर ज्यूको पुजनीय ममतामयी माता स्व. बुद्धी कुमारी कुँवरको यहि २०७३ साल कार्तिक ७ गतेका असामयिक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यनत स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा,  मृत आत्माको चिर शान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै आज ४५ औं पून्य तिथिको अवसरमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति ईश्वर भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत 


स्व. मोती  कुमारी  जिसी ज्यू

स्व. मोती कुमारी जिसी ज्यू

क्षेत्री समाज बेलायत का सस्थापक तथा आजीवन  सदस्य श्री  मिन बहादुर जिसी  ज्यूको ममतामयी माता  तथा श्रीमती  तुलसा जिसी ज्युको सासु स्व. मोती  कुमारी  जिसी  ७८ बर्षको उमेरमा  उपाचारको  क्रममा २१ जुलाइको  दिन  बुटवल अस्पतालमा  असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् बनाएको छ, यस दुःखद घडीमा, मृत आत्माको चिर शान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति  भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं  । 

                                                                                                                        क्षेत्री समाज बेलायत


स्व. स्व. श्री टिका बहादुर खड्का ज्यू

स्व. स्व. श्री टिका बहादुर खड्का ज्यू

BS 1988 - BS 2073

क्षेत्री समाज बेलायतका  कार्यसमितिका  सदस्य श्री महेन्द्र के. सी. ज्यूको पुजनीय ससुरा तथा  श्रीमती अनिता के. सी. ज्यूको पुज्यनीय बुवा ज्यू स्व. श्री टिका बहादुर खड्काको  ( ९ जुलाई ) आषाढ  २५  गते, २०७३  मा ८५  वर्षको उमेरमा बाग्लुङ्ग जिल्लास्थित आफ्नै निवासस्थानमा  असामयिक  निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ  स्तब्ध् तुल्याएको छ । उहाँको ३ छोरा र ५ छोरी हरु छन् यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भाबपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्य धारण गर्न सक्ने शक्ति  प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

                                                                                                               क्षेत्री समाज बेलायत ( परिवार )


स्व. ज्ञान माया क्षेत्री ज्यु

स्व. ज्ञान माया क्षेत्री ज्यु

क्षेत्री समाज बेलायत का  सदस्य प्रेमचन्द्र   क्षेत्री  ज्यु को पुजनीय ममतामयी माता तथा  निरा क्षेत्री ज्यु को सासु , ज्ञान माया क्षेत्री ज्यु को हिजो यहि २८ मे २०१६ जेष्ठ १६  गते, २०७३  मा, ७८  बर्षको उमेरमा Great Western अस्पताल मा असमायीक निधन भएको समाचारले हामी सम्पूर्ण क्षेत्री समाज परिवारलाइ अत्यन्त  स्तब्ध् बनाएको छ I यस दुःखद घडीमा, मृत आत्माको चिरशान्तीको कामना तथा बैकुण्ठ बास होस भन्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं ।  साथै सम्पूर्ण शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति  भगवानले धैर्यधारण गर्नसक्ने शक्ती प्रदान गरुन भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।

क्षेत्री समाज बेलायत,